सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नयाँ साखा
वि.सं.२०७७ माघ १८ आइतवार
shares
काठमाडौं । सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.११, का उप–प्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थिती रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७७ माघ १८ आइतवार २०:२२