९ वर्षीया बालिकालाई बलात्कारगर्ने पक्राउ

14.2K
shares
Nabil bank

काठमाडौं । प्रहरीले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थान डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्कबहादुर विक रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

हर्कबहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टीकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x