राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेमाथि कारबाहीकाे माग

828
shares
Shine resunga department bank

काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह एक-अर्काकाे विराेध, आलोचनामा उत्रिरहेका छन् ।

राष्पट्रपति विद्यादेवी भण्डारीकाे समेत तीव्र आलोचना भइरहेकाे छ । नेपाल-दाहाल समूहले उनीविरुद्ध समेत नाराबाजी गरिरहेकाे अवस्थामा राष्ट्रपति भण्डारीमाथि अशाेभनीय नाराबाजी गर्नेहरूविरुद्ध कारबाहीकाे माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाइएकाे छ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो । यस्ता गालीगलाैज नराेकिएमा कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीकाे चेतावनी छ ।

गृहमन्त्री थापाले छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।