नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जनालाई विमानस्थलबाट पक्राउ

वि.सं.२०७७ पुस १९ आइतवार
768
shares
shares

काठमाडौं, १९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जनालाई विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो ।
सेन्टर डायग्नोस्टिक प्रयोगशाला तथा अनुसन्धान केन्द्र र ह्याम्स अस्पतालबाट नक्कली पिसिआर रिपोर्ट बनाई फ्लाई दुबइको उडान नं.FZ574 द्वारा काठमाडौंबाट दुबई जान लागेका सात जनालाई शनिबार बेलुका अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियाबाट पक्राउ गरिएको बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।