केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए: बाबुराम भट्टराई

1.2K
shares
Nabil bank

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता डा. बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लागेको टिप्पणी गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि अध्यक्ष भट्टराइले यस्तो टिप्पणी गरेका हुन्। यसघि पनि नेता भट्टराईले संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेको भन्दै कडा आचोलना गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी वैशाख १७ र २७ गते मध्यावती चुनावको मिति घोषणा गरेपछि डा.भट्टराई गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन‍् भन्दै कडा टिप्पणी गरेका थिए।

उनले ट्वीटमा लेखेका छन्,एक आर्किटेक्टको अनुभूति/जिन्दगी भरको मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो उनले भनेका छन्, केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते, लौन आगो निभाऊँ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited