हलिउड चलचित्र ‘टारगेट नं. वान’ डिशहोम सिनेमाघर इन्टरनेश्नलमा
वि.सं.२०७७ पुस २१ मंगलवार
837
shares
shares
काठमाडाैं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे-पर-भ्यू मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेश्नल, पौष २१ गते देखि हलिउड चलचित्र ‘टारगेट नं. वान’ रिलिज हुँदैछ ।
दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् । सिनेमाघर इन्टरनेश्नल च्यानलमा नंं. ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ ।
हलिउड चलचित्र ‘टारगेट नं. वान’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् ।