प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने अधिकार नदिएको : माधवकुमार नेपाल
वि.सं.२०७७ पुस २२ बुधवार
shares
काठमाडौं, २२ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अहिलेको संविधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।
नेकपा प्रचण्ड-माधव समूहले बानेश्वरमा गरेको राजनीतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सहजै प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नराखेको बताएका छन ।
नेता नेपालले ओलीले आफ्नो सनकका भरमा संसद विघटनको घोषणा गर्नु असंवैधानिक, अलोकतान्त्रिक र कम्युनिष्ट सिद्धान्तभन्दा बाहिरको कुरा भएको बताएका छन । सबै ठाउँमा अल्पमतमा रहेको व्यक्तिले मनलाग्दी गर्न संविधानमा व्यवस्था नभएको उनको जिकीर थियो ।
वि.सं.२०७७ पुस २२ बुधवार १८:५५