भारतीय एसएसबीले नेपालीमाथि गोली चलायो

918
shares
Shine resunga department bank

काठमाडौं । भारतीय एसएसबीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ ।

गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।

Sharestha treating