केपी ओली क्यान्सर हुन्,त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ” : बाबुराम भट्टराई

759
shares
Shine resunga department bank

काठमाडौं –पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन् । उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए ।

 

“केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ” उनले भने । नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने ।

 

राजनीतिलाई ट्रायकमा ल्याउन सफल संयुक्त आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।