ललितपुरको हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा

14.6K
shares
Nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको अर्बौं मूल्य बराबरको सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री वितरण गर्ने भूमाफिया र उनीहरूलाई सघाउने सरकारी कर्मचारीसहित १७ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पछिल्लो समयमा सार्वजनिक जग्गा हडप्नेविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार नै अख्तियारले आइतबार नै हरिसिद्धिस्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला र आसपासको सरकारी तथा सार्वजनिक जग्गा हडप्नेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै अख्तियारले त्यसरी कब्जा गरिएको सार्वजनिक जग्गा सरकारको नाममा ल्याउन आवश्यक प्रक्रिया थाल्नसमेत सरकारको सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले हडपिएका सार्वजनिक तथा सरकारी जग्गा नेपाल सरकारको नाममा ल्याउने अभियानलाई तीव्रता दिइएको बताए ।

अख्तियारका अनुसार युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका केही भ्रष्ट कर्मचारीलाई प्रभावमा पारी ८ रोपनी १२ आना ३ पैसा २ दाम बराबरको जग्गा आफ्नो नाममा बनाएको थियो । त्यसरी आफ्नो नाममा बनाउने हाउजिङ डेभलपर्स प्रालि युरो ल्यान्डका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ र वविन मानन्धरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी सोही कार्यमा संलग्न काठमाडांै अस्पताल प्रालिका सञ्चालक डा। ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी, श्रीमती दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक जेल सजायको मागसमेत गरिएको छ ।

 

यसैगरी आर्थिक प्रलोभनमा परी भूमाफियालाई सघाउने नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासुद्वय ख्यामनारायण पौडेल, खरिदार आत्मराम लुइटेलविरुद्ध पनि २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनीहरू सबै निलम्बित भएका छन् । राजधानी दैनिकबाट

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x