कतै पृथ्वीजयन्तीमा पनि सार्वजनिक बिदा
वि.सं.२०७७ पुस २७ सोमवार
846
shares
shares
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।