धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य

1.3K
shares

काठमाडौं । धितोपत्र व्यवसायीले वार्षिक खुद नाफाको न्यूनतम १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सोमबार उक्त निर्देशन दिएको हो ।

उक्त रकम लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने काममा उपयोग गर्न पनि बोर्डले भनेको छ । यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले जस्तै धितोपत्र व्यवसायीले पनि खुद रकमको १ प्रतिशत सीएसआरमा छुट्याउनुपर्नेछ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

‘खुद नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआर कोषमा छुट्टयाउने र प्रमुख रूपमा उक्त कोषमार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कामका लागि खर्च गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रकमबाट बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भएकाले लगानीकर्तालाई सुसूचित निर्णय लिन सहयोग पुग्छ ।’ जसबाट लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको दाबी छ । कान्तिपुर दैनिकबाट

civil hospital
Hams Hospitals