मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

1.5K
shares
Nabil bank

काठमाडौं । मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले राजन लामाले चलाउँदै आएको बा.९५प. ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा ७२ प ७९४९ नंको मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited