ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने
वि.सं.२०७७ पुस २९ बुधवार
shares
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको २८.९२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
सभाले सेयरधनीलाई २७.४७ बोनस सेयर र कर प्रयोजनका लागी १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, सभाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त सेयरको वितरण तथा स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुग्ने छ ।
त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए ।
उक्त साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष वुद्धि अकेला आठौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सभा कम्पनी सचिव हरिकृष्ण जोशीले संचालन गरेका थिए ।
वि.सं.२०७७ पुस २९ बुधवार १७:१२