परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

Ghorahi cement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

 

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यस्तै नेपाल-भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।

 

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन् । भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ । भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro