कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
![Singhadurbar News Singhadurbar News](https://singhadurbarnews.com/wp-content/themes/singhdurbarnews_theme/images/icon.jpg)
वि.सं.२०७७ माघ १ बिहीवार
1.1K
shares
shares
![image image](https://singhadurbarnews.com/wp-content/uploads/2021/01/curriculum.jpg)
काठमाडौं । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्ला भएको छ । पुरानै पाठ्यक्रम लागू गर्न माग गर्दै भागवता अर्यालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएपछि नयाँ पाठ्यक्रा लागू गर्न बाटो खुल्ला गरेको हो । न्यायाधीस तेजबहादुर केसी र प्रकाशकुमार ढुँगानाको इजलासले रिट खारेज गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सरकारले यसबर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याएपनि कोभिड लगायत कारणले यो सम्भव नभएको भन्दै यसपटक लागू नगर्न सर्वोच्चमा रिट दायर गरिएको थियो ।