कृषि विकास बैंकमा ३२६ जनालाई रोजगारीको अवसर

1.3K
shares

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी ग र्दै चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले जारी गरेको सूचना अनुसार बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको हो। यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।

 

नियुक्ति स्थायी हुने छ। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ। परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ। परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ।

अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ। उमेर हद पदअनुसार फरक फरक छ। ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।

civil hospital
Hams Hospitals