सुष्मा कार्कीमाथि कुटपिट तथा गालीगलौज

Ghorahi cement

नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले काठमाण्डौको लन्डन पब क्याफेमा नायिका श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

 

उनलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको साथै श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको बताएकी छन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका श्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।

Nepali patro