Banner ad for NADA AUTO SHOW -2026

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा

1.6K
shares

काठमाडौं । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

 

उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’

 

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सारेका छन् ।

civil hospital
Hams Hospitals