Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

महिला लघुवित्तको आईपीओ २८ गतेदेखि निष्काशन हुने

1.7K
shares

काठमाडौं। महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो ।

 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता सेयर मध्ये जारी पुँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको सेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।

civil hospital
Hams Hospitals