नेपाल र कतारबीचको बाइल्याट्रल टी-२० सिरिज स्थगित

वि.सं.२०७७ माघ २१ बुधवार
780
shares
shares

काठमाडौँ — नेपाल र कतारबीचको बाइल्याट्रल टी-२० सिरिज स्थगित भएको छ ।
कतार स्पोर्ट्स डे को अवसमा कतार क्रिकेट एसोसिएसनको निमन्त्रणामा सञ्चालन हुने भनिएको उक्त सिरिज कोरोनाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुर्यालले जनाएका छन् ।
उक्त सिरिज आगामी फेब्रुअरी ९ देखि १२ गतेसम्म सञ्चालन हुने तय भएको थियो ।
क्यानले अर्को आधिकारिक सूचना नआएसम्म राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्प समेत स्थगित गरिएको जनाएको छ ।