Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

आम हड्ताललाई चुनौती दिँदै महेश बस्नेतको नेतृत्वमा पुतलीसडकमा मार्चपास

1.2K
shares

काठमाडौं। केपी ओली नेतृत्वको नेकपाले बिहीबार साँझ प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसबाट मार्चपास गरेको छ । शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।

 

युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहडतालबीच ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा निकालिएको मार्चपास पुतलीसडकतर्फ अघि बढेको हो।

civil hospital
Hams Hospitals