धादिङबाट भोली १०० बस, १०० वटा सानागाडी र ५०० वटा मोटर साईकलमा जनता काठमाडौं लादैं छौं -भुमी त्रिपाठी

738
shares
Shine resunga department bank

धादिङ ,काठमाडौंको नाराहिटी अगाडी नेकपा बागमती प्रदेशले भोली गर्न लागेको आमसभामा धादिङबेसी र बढी राजमार्ग क्षेत्रबाट जनता सहभागिता गराउने अन्तिम तयारी गरिएको जिल्ला अध्यक्ष भुमि त्रिपाठीले  बताउनु भयो ।

 

नेता त्रिपाठीले भन्नु भयो, धादिङ जिल्लामा हामी बलियो छौं, केहि डेट स्पायर केहि नेताहरु बाहिरिए । उनीहरु सँग केहि कार्यकर्ता गए होला तर जनता हामी सँग छन् ।

हामी चुनाव जित्ने तागतमा यतै छौं । हामीलाई कमजोर सोच्नेहरुले हेरुन् हामी १०० बस १०० वटा सानागाडी र ५०० वटा साईकलमा साङ्केतिक रुपमा जनता काठमाडौमा हुने कार्यक्रममा सहभागि गराउँछौं ।