जनताभन्दा ठूला न्यायाधीश अरु कोही हुन सक्दैनन् : ईश्वर पोखरेल

1.1K
shares
Nabil bank

काठमाडौं,  उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् ।

 

देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताएका छन ।

 

शुक्रबार नारायणहिटी अगाडी आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’

 

पोखरेलले थपे, ‘प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने छौं । आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौं । मुलुकको स्वाधीनताका लागि लागिरहने छौं ।’

 

प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताएका छन ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited