नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ औं वार्षिक उत्वस सम्पन्न

702
shares
Shine resunga department bank

काठमाडौं । सरकारी कम्पनी दिगो बनाउन सर्वसाधारणको लगानी हुनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्री गुरुङले आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ औं वार्षिक उत्वस कार्यक्रममा टेलिकमको शेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । ‘सर्वसाधारणको उपस्थिति तथा सहभागिताले मात्र कम्पनी दिगो हुन्छ,’ उनले भने ‘नेपाल टेलिकमको शेयरमा सर्वसाधारणको उल्लेख्य स्वामित्व हुनुपर्छ ।’ यस विषयमा मन्त्री गुरुङले सञ्चालक समितिको बैंठक बोलाएर छलफल गर्ने भएका छन् ।

 

 

जब सम्म जनताले यसको मालिक भएको अपनत्व लिन सक्दैनन्, तवबम्म कुनै पनि संस्था दिगो रहन सक्दैन, त्यसैले जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुु पर्ने उनको ठम्याइ छ । कम्पनीको अहिलेसम्मको संरचनाका बारेमा हेरेर शेयर संरचनामा के कसरी परिवर्तन गर्न सकिन्छ सो विषयमा छलफल अघि बढाउने उनको भनाइ छ । टेलिकमको शेयर र रणनीतिक साझेदार भित्र्याउने विषयलाई लिएर यस अघि पनि छलफल हुने गरेको थियो ।

 

टेलिकममा सरकारको शेयर घटाउँदै सर्वसाधारणको शेयर बढाउँदै लैजाने रणनीतिक योजना पनि अघि सारिएको छ । हाल नेपाल टेलिकमको शेयरमा ९१.३ प्रतिशत सरकार र बाँकी शेयर सर्वसाधारको रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा टेलिकमको १ सय रुपैयाँ अंकित मूल्य कायम रहेको १५ अर्ब रुपैयाँ बराबरको १५ करोड कित्ता सेयर सूचीकृत छ । त्यसमा सरकारको १३ करोड २७ लाख र सर्वसाधारण तथा कर्मचारीको १ करोड २७ लाख कित्ता सेयर रहेको छ । रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गर्न मन्त्री गुरुङले निर्देशन दिएका छन् ।

 

हाल टेलिकमबाट भ्वाइस सेवा लिने ग्राहकको २ करोड ९ लाख २७ हजार पुगेको छ भने इन्टरनेटतर्फ गत मंसिरसम्म १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी ग्राहक रहेका छन् । यसका सार्थै फोरजी सेवा देशको ७७ जिल्लाको ६२० स्थानीय तहमा पुगेको छ । यसका सार्थ कम्पनीले फाइवर टू दि होम( एफटीटीएच) सेवा पनि तिव्र रुपमा विस्तार गरिरहेको छ । कार्यक्रममा टेलिकमले आगामी आर्थिक वर्षदेखि फाइभ जी विस्तार गर्ने योजना बनाएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताए ।