शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान

वि.सं.२०७७ माघ २६ सोमवार
846
shares
shares

काठमाडौं, प्रतिगमनका विरुद्ध शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्यालीपछि कोणसभामा परिनत भएका छन् ।
शहीद तथा बेपत्ता योद्धा परिवार, बागमतीले आयोजना गरेको विरोध प्रदर्शनमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरुको सहभागिता छ ।
उनिहरुले ‘शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान’ लेखिएको व्यानर बोकेका छन् ।
‘शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहीद तथा बेपत्ता योद्दा परिवारहरु एकजुट होऔं, प्रतिगामी कदमको भण्डाफोर गरौं’ भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएकाहरुले नेपालको संविधान हात–हातमा लिएर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संकेत गरेका छन ।