वैशाख १७ गते पहिलाे चरणमा ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन मन्त्रिपरिषद्को निर्णय

1.2K
shares

काठमाडौं, सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।

 

वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

 

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए।

 

सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन सदर गरिदिएकी थिइन्। त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ।

civil hospital
Hams Hospitals