सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त

828
shares
Shine resunga department bank

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकका सीईओ जनक शर्मा पौड्यालले १९ महिनामै राजीनामा दिएको भोलिपल्ट आज शर्मा बैंकको सीईओ नियुक्त भएका हुन् ।

आज बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि

यसअघि माछापुच्छ्रे बैंकको सीईओ रहिसकेका र बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव भएका शर्मालाई सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गरिएको हो । शर्मासँग ग्लोबल आइएमइ बैंक, एनएमबि बैंक र नेपाल एसबीआई बैंक लगायतमा काम गरेको अनुभव छ ।

एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् । उनले अर्थशास्त्र र भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । उनी अनुभवी र कुशल बैंकर मानिन्छन् ।

Nepali patro