नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त

825
shares
Shine resunga department bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त भएका छन । मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो ।

प्रसाईंले नेपाल लाइफमा विवेक झाको अवधि सकिएपछि कामु सिइओको जिम्मेवारीमा रहेका थिए । झाको कार्यकाल सकिएसँगै सोही कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई कम्पनीले कार्यवाहक सिईओको जिम्मेवारी दिएको थियो ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव रहेको छ ।

Nepali patro