काठमाडौंका यी क्षेत्रमा दुई दिन बत्ति जाने

1.4K
shares

काठमाडौं । सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले काठमाडौंका केहि ठाउँमा शनिबार र आइतबार बिजुली अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको जनाएको हो ।

 

प्राधिकरणका अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो। बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

 

त्यस्तै, शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ भने कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

civil hospital
Hams Hospitals