एनएमबिको क्यूआर कोड सेवा विर्तामोडको कृषि बजारमा

1.1K
shares
Nabil bank

 

विर्तामोड । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा त्तच् मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।

 

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि-विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि- एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

 

कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।

 

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ बैंकका प्रदेश १ प्रमुख घिमिरे जानकारी दिए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited