नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सही बाटोमा भएको बताए

1.4K
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सही बाटोमा भएको बताएका छन् ।

 

चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उनले नेपाली अर्थतन्त्र सही बाटोमा भएको कारण अर्धवार्षिक समीक्षमार्फत कुनै पनि विषयमा परिवतृन तथा परिमार्जन गर्नु नपरेको बताएक हुन् ।

 

 

उनले सबै परिसूचकहरु सकारात्मक भएकाले सबै सरोकारवालमा उत्साह रहेको पनि बताए ।अर्थतन्त्र विस्तारको बाटोमा छ, मूल्यवृद्धि नियन्त्रणमा छ, बाह्य क्षेत्र सन्तुलनमा छ, त्यसैले पनि अर्धवार्षिक समीक्षामा कुनै पनि विषयमा खासै परिवर्तन तथा परिमार्जन गर्नु परेन,’उनले भने ।

 

यस्तै, उनले कोडिभ १९ का कारण प्रभावित क्षेत्रका लागि ८७ अर्ब ८७ पुनर्कर्जा स्वीकृत भएको बताए । उनले कर्जा उत्साहजनक रुपमा बढेको, करिब ६१ हजार ऋणलाई पुनरकर्जा प्रदान गरिएको बताए ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता नै दिएको छ । अधिकारीले पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशतमात्रै ब्याज असुल गरी २०७८ साल असार मसान्तसम्मका लागि एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइने बताए । यस्तै, उनले विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गरिने पनि बताए ।

civil hospital
Hams Hospitals