गत माघ २६ गतेदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार रोक्का

वि.सं.२०७७ फागुन २ आइतवार
shares

काठमाडौं । गत माघ २६ गतेदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार रोक्का भएका सबै कम्पनीको कारोबार फुकुवा भएको छ । नेप्सले आजदेखि सबै कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।
नेप्सेले वित्तीय विवरण समयमा नै नबुझाएको भन्दै गत माघ २६ गतेदेखि कूल ११ कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । जसमध्ये ७ कम्पनीले यसअघि अर्थात माघ २८ गतेभित्रमा नै सबै विवरण बुझाएकाले उनीहरुको सेयर कारोबार माघ २९ गतेदेखि खुला भएको थियो ।
नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)
र, बाँकी ४ कम्पनीले भने आज(फागुन २ गते)सम्ममा विवरण बुझाएकाले उनीहरुको फागुन ३ गतेदेखि कारोबार हुने गरी फुकुवा गरिदिएको नेप्सेले जनाएको छ ।
जसमध्ये कालिका लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै यी कम्पनीको सेयर भोलि(फागुन ३ गते) देखि दोश्रो बजारमा पुनः कारोबार हुने छ ।