शेयर हालसम्मकै उच्च विन्दुमा पुग्यो
वि.सं.२०७७ फागुन ३ सोमवार
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आइतबार ३३.३३ अंकले घटेको शेयर बजार आज कारोबार शुरु भएदेखि नै उछाल आएको हो ।
नेप्सेका अनुसार आज ९२.४२ अंकले नेप्से बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो ।
त्यस्तै, नेप्सेमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ भने आज कारोबार भएका सबै समूहहरुमा हरियाली छाएको छ । आज कारोबार भएका ४२ भन्दा बढी कम्पनीको शेयर मूल्य सर्बाधिक बढेका छन् ।
आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले लघुवित्त कम्पनीहरुलाई बजारमा लगानी गर्न रोक लगाउने व्यवस्था लागू गर्ने हल्ला हल्लामै सिमित भएकाले लगानीकर्ताहरु थप उत्साहित भएको जानकारहरु बताउँछन् ।
वि.सं.२०७७ फागुन ३ सोमवार १८:४१