प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करिब ६ वर्षपछि पुनः आफ्नै भवनमा

2.3K
shares
Shine resunga department bank

काठमाडौँ । विसं २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करिब ६ वर्षपछि पुनः आफ्नै भवनमा फर्किएको छ ।

अत्याधुनिक तरिकाबाट पुनर्निर्मित उक्त भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भवनको पश्चिम भागबाहेक सबै भाग पुनर्निर्माण भइसकेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सञ्चालन यहीँबाटै हुनेछ ।

भूकम्पअगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।