प्रेम दिवसमा २ करोडकाे गुलाफ बिक्री
वि.सं.२०७७ फागुन ३ सोमवार
shares
काठमाडौं । प्रेम दिवस (भ्यालेन्टाइ डे) मा २ करोड रुपैयाँको गुलाफ फूल बिक्री भएको छ । नेपाल फ्लोरिकल्चर एसोशिसनका अनुसार प्रेम दिवसमा २ करोड रुपैयाँको गुलाफ फूल बिक्री भएको हो ।
नेपाल फ्लोरिकल्चर एसोशिसनका सचिव हिरामणि शर्माका अनुसार प्रेम दिवसमा २ करोड रुपैयाँका २ लाख थुँगा गुलाफका फूल बिक्री भएका छन् ।
‘यो वर्ष हामीले सोचेभन्दा बढी फूल बिक्री भयो, एक सय रुपैयाँको एक स्टिम फूलको पर्छ, २ लाख स्टिक फूल बिक्री हुँदा त्यसको मूल्य २ करोड पर्छ, हामीले एक लाख स्वदेशमै उत्पादन भएको बिक्री गर्यौं, एक लाख फूल विदेशबाट आयात गर्यौं,’ उनले भने ।
देशको आवश्यकता अनुसार नै फूल आयात गर्ने बताउँदै उनले यो वर्ष १ लाख थुँगा फूल नेपालमै र एक लाख विदेशबाट आयात गरेको बताए । नेपालमा विशेष गरेर भारतबाट फूल आयात हुने उनको भनाई छ ।
उनका अनुसार भारतबाट १ करोड रुपैयाँका एक लाख स्टिक गुलाव फूल आयात भएको उनको भनाई छ । नेपालमा गुलाव फूल वर्षेनी विदेशबाट आयात गर्ने गरिन्छ ।
गत बर्षको तुलनामा यस वर्ष करिब आधाले आयात घटेकाे उनले बताए । नेपालमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरी परिपुर्ति भएपनि याे वर्ष भने त्यस्ताे नदेखिएकाे उनकाे भनाई छ ।
आज नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ ।
यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।
वि.सं.२०७७ फागुन ३ सोमवार १९:४१