नेकपा दाहाल समूहद्वारा २० दिने विरोध कार्यक्रम सार्वजनिक

1.2K
shares

काठमाण्डौ, प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले टुँडिखेल घेराउसहितका २० दिने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी चौंथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

 

जसअनुसार २०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम गरिने छ । यसैगरी, २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

२०७७ फागुन ७ गते देशका सबै पालिकाका वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम गरिने छ ।

 

यस्तै, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध प्रदर्शन गरिने छ । फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा गरिने जनाइएको छ ।

 

संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रम गर्न सकिने पनि जनाइएको छ ।

civil hospital
Hams Hospitals