रियल म्याड्रिड विजयी
वि.सं.२०७७ फागुन ४ मंगलवार
1.7K
shares
shares
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा करिम बेन्जमा र टोनी क्रुजले एक/एक गोल गरेका हुन् । यो जितपछि रियल म्याड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २३ खेलमा ४९ अंक भएको छ ।
त्यस्तै शीर्ष स्थानमा रहेको एटलेटिकोले २१ खेल खेल्दै ५४ अंक रहेको छ भने २२ खेल खेलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भ्यालेन्सियाको भने २३ खेलमा २४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।