ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आइपीओ शुक्रवार बाँडफाँड
वि.सं.२०७७ फागुन ४ मंगलवार
shares
काठमाडौँ– ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आइपीओ शुक्रवार बाँडफाँड गर्ने तयारी भईरहेको छ ।
बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार आइपीओको प्रि अलोटमेन्ट गर्ने तयारी गरेको हो । प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन् भन्ने विषय टुंगो लगाईन्छ । शेयर बाँडफाँड हुने दिनमा कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईने छ ।
कम्पनीको आइपीओमा १३ लाख बढी आवेदकले आवेदन दिएका छन् । कम्पनीले माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।
बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।
वि.सं.२०७७ फागुन ४ मंगलवार ०७:४९