Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको हार

1.4K
shares

काठमाडौं। फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को सानदार जित दर्ता गरेको छ ।

 

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिएपनि एमबाप्पेले सानदार प्रदर्शन गर्दै बार्सिलोनालाई घरेलु मैदानमा स्तब्ध पारे । पहिलो हाफमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए । मोइस किनले अर्को गोल थपे ।

 

खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अघि बढाए । तर बार्सिलोनाको अग्रता ५ मिनेट पनि टिक्न सकेन ।

 

एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र बल नियन्त्रण र फिनिसिङको उत्कृष्ट नमुना पेस गर्दै खेल बराबरीमा ल्याए । दायाँ विंगबाट आएको क्रसलाई मार्को भेराट्टीले एमबाप्पेतर्फ फ्लिक गरेपछि युवा फरवार्डले बल नियन्त्रणमा लिँदै लेंगलेटलाई छलाए र दोस्रो टच लिएर शक्तिशाली प्रहार गरेका थिए । एमबाप्पेको उक्त प्रहारलाई टेर स्टेगनले बचाउने कुनै अवसर पाएनन् ।

 

 

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । फ्लोरेन्जीले दायाँ विंगबाट दिएको क्रस जेरार्ड पिकेले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र खाली रहेको बललाई एमबाप्पेले पहिलो टचमा नै गोल गरे ।

 

त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे । पारेडेसको फ्रिकिक बलमा किनले अफसाइड ट्रयाप बिट गर्दै गरेको हेडर स्टेगनले बचाउन सकेनन् । किनले डिफेन्डर लेंगलेटलाई झुक्याएर खाली रहेको अवस्थामा हेडर प्रहार गरेका थिए ।

 

खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । बार्सिलोनाले पाएको कर्नरमा पिएसजीले काउन्टर अट्याकमा गोल गर्दै खेलमा बलियो पकड जमायो । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लरले दिएको अन्तिम पासलाई एमबाप्पेले पहिलो टचमा नै पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै ४-१ को जित पक्का गरे ।

 

 

अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । चोटका कारण खेल गुमाएका ब्राजिलियन सुपरस्टार नेयमार पनि उक्त खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

 

बार्सिलोनाले युरोपेली प्रतियोगितामा १ सय ५१ औं घरेलु खेल खेल्दा पहिलो पटक लगातार हार बेहोरेको हो । पिएसजी बार्सिलोनालाई घरेलु मैदानमा हराउने दोस्रो फ्रान्सेली टोली पनि बन्न सफल रहयो । पिएसजीले प्रतियोगिताको पछिल्लो २० अवे खेलमा लगातार गोल गर्दै रियल म्याड्रिडको २२ खेलको कीर्तिमाननजिक पुगेको छ । एजेन्सी

civil hospital
Hams Hospitals