भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक

वि.सं.२०७७ फागुन ५ बुधवार
807
shares
shares

काठमाडाैं । भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भट्टलाई प्रहरीले बुधबार दिउँसाे सार्वजनिक गरेकाे हाे ।
बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालयले प्राप्त प्राविधिक प्रमाण, साबिती बयान, प्रत्यक्षदर्शी साक्षी लगायतका आधारमा भट्टलाई पक्राउ गरेकाे बताएका छन् ।