डाक्टरले बिरामी जाँच्दा लिने शुल्कको बृद्धि

1.4K
shares

काठमाडाैं । डाक्टरले बिरामी जाँच्दा लिने शुल्क आज(बुधबार) देखि बढेकाे छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले लिने परामर्श शुल्क बढाएको जानकारी गराएको हो ।

 

नयाँ ताेकिएकाे शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४५० रहेकाे छ । यस्तै सबैभन्दा बढी शुल्क ८२५ एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरकाे रहेकाे छ ।

 

 

विज्ञप्तीमा स्तरीय नर्सिङहाेम, अस्पतालहरुले बढीमा थप २० प्रतिशतसम्म शुल्क लिन पाउने उल्लेख छ ।

civil hospital
Hams Hospitals