आईपीएलको इतिहासमै सबैभन्दा महँगो अक्सनः क्रिस मोरिस

1.2K
shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासको सबैभन्दा महँगो अक्सन रेकर्ड कायम भएको छ।

 

दक्षिण अफ्रिकाका खेलाडी क्रिस मोरिस सबैभन्दा महँगो मूल्यमा बिक्री हुने खेलाडी बनेका छन्। उनी १६ करोड २५ लाख भारुमा बिकेका हुन्।

 

बिहीबार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो। यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले १६ करोड भारुमा युवराज सिंहलाई किनेको थियो। आईपीएलमा त्यो कुनै खेलाडीको लागि सर्वाधिक मूल्य थियो।

 

पछिल्लो सिजन मोरिस रोयल्स च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए। मोरिसले सन् २०२० को आईपीएलमा ९ खेलमा ११ विकेट लिएका थिए। उनले आईपीएलमा हालसम्म ७० खेलमा ८० विकेट लिएका छन्।

 

आईपीएलको नयाँ सिजमनमा उत्कृष्ट खेल खेल्ने खेलाडीको रूपमा उनलाई लिइएको छ।

civil hospital
Hams Hospitals