नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले २०२१ को आइपिएल खेल्न नपाउने

1.8K
shares

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले २०२१ को आइपिएल खेल्न नपाउने भएका छन्।

 

चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टिम अनुबन्ध गर्न तयार नभएपछि उनी ‘अनसोल्ड’ खेलाडीको सूचीमा परेका हुन्।

 

सन्दीपको आधारभूत मूल्य ४० लाख भारु थियो। यसअघि आईपीएलका तीन सिजनमा दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई यसपटक क्लबले रिटेन गरेपछि उनी अक्सनमा सामेल भएका हुन्। आईपीएलको तीन सिजनका नौ खेलमा सन्दीपले १३ विकेट लिएका छन्।

 

सन्दिपले आईपिएलका साथै बिग ब्यासलगायत विश्वका सबैजसो चर्चित क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

civil hospital
Hams Hospitals