Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने

1.3K
shares

काठमाडौँ– ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने बिक्रि प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । शुक्रवार बिहान ९ बजे शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको हो ।

 

कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएका छन्। जस मध्ये १३ लाख १९ हजार ५९ जनाको मात्र आवेदन योग्य भएको क्यापिटलले जनाएको छ ।

 

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये २ जना आवेदकले समान ११ कित्ता शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली हुने छन्।

 

कम्पनीले माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

 

आइपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुग्ने छ।

civil hospital
Hams Hospitals