पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूको प्रदर्शन

Ghorahi cement

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ। नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो।

 

अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती परिरहेकाले सरकारले तुरुन्तै मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका छन्।

 

त्यस्तै अनेरास्ववियूले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरेको छ।

 

पेट्रोलियम पदार्थमा लगाइएको करका कारण सर्वसाधारण पेट्रोलियम पदार्थ खरिद गर्दा चर्को मूल्य तिर्न बाध्य भएका छन्।

 

सरकारले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, मट्टितेल ९७ रुपैयाँ‚ डिजेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ। यो मूल्य साढे २ वर्षयताकै उच्च हो।

Shangri-la Development Bank Ltd.
Nepali patro