नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र
वि.सं.२०७७ फागुन ७ शुक्रवार
shares
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो ।
निगमको केन्द्रिय कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाइ गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद बिक्रीको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न समेत प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।
यस्ता छन् इन्धनको अपचलन रोक्न अपनाउनु पर्ने सावधानी कार्ययोजनाहरु
१. दैनिक न्यूनतम पाँच वटा सिमा नाका क्षेत्रका पेट्रोल पम्पहरुको निरिक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने । यसरी निरिक्षण गर्दा निगमका कार्यालयहरुले आफ्नो क्षेत्रभित्र परेका तथा नेपाल भारत सिमा नाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्पहरु, हुलाकी राजमार्गमा अवस्थित पेट्रोल पम्पहरु तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्युनतम ५ किलोमिटर क्षेत्रभित्रका पेट्रोल पम्पहरुको बिक्री अनुगमन गर्नु पर्ने ।
२. उक्त क्षेत्र भित्रका विक्रेताले आफ्नो औषत दैनिक माग महिनाको सुरुमै निगमलाई उपलब्ध गराउनु पर्ने ।
३. ती विक्रताले खुद्रा एवं थोक बिक्रीको परिमाण घोषणा गर्नुपर्ने तथा उक्त विवरण डिस्सपेन्सिङ मिटर तथा थोक खरिदकर्ताको विल विजकबाट पुष्टि हुनुपर्ने ।
४. डिपोहरुले कुनै पनि हालतमा पम्पको भण्डारण क्षमता भन्दा बढीको तेल एक पटकमा विक्री गर्न नहुने । भण्डारण क्षमता भन्दा बढी एक पटकमा बिक्रि गर्नु परेमा केन्द्रको अनुमति लिएर मात्र गर्ने ।
५. निगमका बुदा नं. १ मा उल्लेख भएका क्षेत्रका विक्रताहरुलाई ड्रक, जर्किन तथा अन्य उपकरणहरुमा पेट्रोल, डिजेल विक्री वितरण गर्न निषेध गर्ने । पानी तान्ने पम्प तथा अन्य कृषी उपकरण र मेशिनहरु प्रयोगको लागि जर्किनमा विक्री वितरण गर्नु पर्ने भएमा, पेट्रोल पम्पहरुले किसानका ागि आवश्यक मासिक परिमाणको घोषण गर्नु पर्ने र लगत राखी विक्री गर्नु पर्ने ।
६. विक्रताहरुले उपभोक्ताहरुको ईन्धन खरिद विवरण अद्यावधिक राख्नुपर्ने ।