एलजीका सामान खरिद गर्ने तीन जना ग्राहक पुरस्कृत

वि.सं.२०७७ फागुन ७ शुक्रवार
shares

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीका सामान खरिद गर्ने तीन जना ग्राहक पुरस्कृत भएका छन् । एलजीका विभिन्न आठ वटा आधिकारिक शोरुमहरुबाट दशैंतिहारमा सामान खरिद गर्ने ग्राहकहरुमध्येबाट भाग्यशाली तीन जना ग्राहक शुक्रबार पुरस्कृत भएका हुन् ।
दशैंतिहारमा सामान खरिद गर्ने ग्राहकहरुमध्येबाट केही दिनअघि फेसबुक लाइभमार्फत गोलाप्रथाबाट विजेता छनोट गरेको थियो । ती विजेतालाई कान्तिपथस्थित एलजीको शोरुमा आज पुरस्कार वितरण गरिएको हो ।
पुरस्कृत हुनेहरुमा कान्तिपथ शोरुमबाट सामान खरिद गर्ने इन्दिरा उप्रेती, कम्पनीको जावलाखेल शोरुमबाट सामान खरिद गर्ने प्रिती झा र एलजीको सितापाइला शोरुमबाट सामान खरिद गर्ने जनक अधिकारीलाई कम्पनीले पुरस्कृत गरेको हो ।
दशैंतिहारमा एलजी ब्राण्डले ‘अपग्रेड टू हेल्दी लाइफ स्टाइल’ अफर सञ्चालन गरेको थियो । यो योजनामा एलजीका घरायसी सामानहरु किन्दा ४० प्रतिशतसम्म छुटका साथै विभिन्न उपहारको छुट्टै व्यवस्था गरेको थियो ।