सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताए

1K
shares
Shine resunga department bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय समाचार समिति (रासस) को हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन् ।

 

उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताए । पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उने भनाई छ ।

 

मन्त्री गुरुङले ब्रेकिङ न्यूजको होडबाजीले आम सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनियता घट्ने गरेको पनि बताए । राससले सबै कुरा नकारात्मक देख्ने, अविश्वास देख्ने, आशंका देखाउने खालको पत्रकारिकता गर्न नहुने तर्फ सचेत गराए । राससको संरचनागत कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए ।

Nepali patro