आइतबार ६ सय रुपैयाँमा ९ लाख निफ्राको शेयरको माग

870
shares
Shine resunga department bank

काठमाडौं । म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताले नेपाल इन्फस्ट्रक्चर बैंक (निफ्रा) को शेयर बेच्न थालेका छन् । बजारमूल्य ६ सय पुगेसँगै त्यस्ता लगानीकर्ताले शेयर धमाधम बेच्न थालेका हुन् ।

 

म्युचुअल फण्डहरुले आईपीओमै आरक्षणको रुपमा ठूलो मात्रामा शेयर प्राप्त गरेका हुन्छन् । साधारण शेयरजस्तै तत्कालै बजारमा बिक्री हुने सो शेयर बेचेर अहिले सामुहिक लगानी कोषले नाफा बुक गर्न थालेका हुन् । त्यस्तै थोरै मूल्यमा किनेका ठूला लगानीकर्ताले समेत नाफा कमाएर शेयर बुक गर्न थालेका हुन् ।

 

आइतबार निफ्राको शेयर एकैपटक ५० हजार कित्तासम्म बिक्री भएको छ । अग्रवाल सेक्युरिटिजबाट उक्त शेयर बिक्री भएको हो । आजकै दिन एबीसी सेक्युरिटिज (ब्रोकर नम्बर १७) बाट ३ पटकसम्म १०/१० हजार कित्तासम्मको एउटै कारोबार भयो ।

 

इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (ब्रोकर नं ५३) बाट २ वटा कारोबारबाट १५ हजार कित्ता शेयर बेचेको छ । ओपल सेक्युििरटिजबाट पनि एकैपटक १० हजार कित्ता शेयर बिक्री भएको छ ।

 

उच्चतम ठूलो परिमाणमा शेयर बिक्री गर्न समस्या हुने भएकोले त्यस्ता लगानीकर्ताले शेयर बेच्न थालेका हुन् । यद्यपि बजारमा सोही मात्रामा खरिदकर्ता पनि देखिएको छ ।

 

एकैपटक दशौं हजार कित्ता शेयरको बिक्री हुन थालेको छ । सोही कारण आइतबार आधा ४ लाख ७६ हजार कित्ता शेयरको कारोबार भइसकेको छ ।

 

कारोबार सुरु भएको छैटौं दिन निफ्राले ६ सयको विन्दु टेकेको हो । ३ सय ४० रुपैयाँबाट कारोबार सुरु भएको यो शेयरको मूल्य प्रत्येक दिन १० प्रतिशतले बढ्दै आएको छ ।

 

आइतबार ६ सय रुपैयाँमा ९ लाख निफ्राको शेयरको माग देखिएको थियो । अघिल्लो आइतबार यो २३ लाखसम्म थियो । मूल्य बढ्दै जाँदा मागमा कमी आए पनि अझै पनि यो शेयरको वृद्धिदर भने रोकिएको छैन ।